चुनाव हार्ने स्थितिमा पुगे कन्हैया कुमार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

चुनाव हार्ने स्थितिमा पुगे कन्हैया कुमार



नयाँ दिल्ली – भारतीय लोकसभा निर्वाचनको मतगणना सूरु भएसँगै धेरैको ध्यान बिहारको बेगुसराय निर्वाचन क्षेत्रको परिणाममा छ । केन्द्रीय मन्त्री गिरिराजसिंहविरुद्ध उम्मेद्वारी दिएका चर्चित विद्यार्थी नेता कन्हैया कुमार भारी मतका साथ पछाडि परेका छन् ।

प्रारम्भिक मतपरिणाम भने कन्हैयाको पक्षमा देखिएको छैन । हालसम्म गिरिराज सिंहले कन्हैयालाई करिब ९० हजार मतले पछि पारेका छन् । कन्हैयाले ८२ हजार मत ल्याउँदा सिंहले एक लाख ७२ हजार मत ल्याएका छन् । मोहम्मद तनविर हसन तेस्रो स्थानमा छन् । उनले ५६ हजार मत ल्याएका छन् ।