लुम्बिनीका भावी मुख्यमन्त्री भनिएका कनोडिया केन्द्रीय सदस्यमै पराजित
काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनी प्रदेशका भावी मुख्यमन्त्री वीरेन्द्र कनोडिया केन्द्रीय सदस्यमा पराजित भएका छन्। उनी सभापति शेरबहादुर देउवापक्षबाट चुनावमा भाग लिएका थिए ।
खुलातर्फको ३५ जना केन्द्रीय सदस्यमा पर्न असफल भएका उनले १५१९ मत ल्याएका छन्। उनी लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता हुन्।
लुम्बिनी प्रदेशका भावी मुख्यमन्त्री भनिएका कनोडियाले नेकपा (माओवादी केन्द्र) र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन्।
कनोडिया कपिलवस्तुका चिनी उद्योगीसमेत हुन्। देउवाका प्रिय र सहयोगी कनोडिया उखु किसानको पैसा नतिरेको भन्दै आलोचित बनेका थिए