कमला ह्यारिस: अमेरिकाको प्रथम अश्वेत महिला उपराष्ट्रपति - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कमला ह्यारिस: अमेरिकाको प्रथम अश्वेत महिला उपराष्ट्रपति



एजेन्सी- कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बन्ने निश्चित भएको छ। अमेरिकी इतिहाँसमै उनी पहिलो महिला हुन्‚ जसले ह्वाइटहाउसमा उपराष्ट्रपति पद सम्हाल्ने छिन्।

यसका साथै उनी अमेरिकाको अहिलेसम्मकै इतिहाँसमा प्रथम अश्वेत तथा दक्षिण एसियामूलकी महिला उपराष्ट्रपतिसमेत हुने भएकी छन्।

ह्यारिसले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आएकी थिइन्। उनी जमैकन र भारतीय आप्रवासीकी सन्तान हुन्। ह्यारिस अमेरिकी इतिहासमा प्रथम इन्डियन-अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत हुन्।