कामकै लागि विदेशिनु पर्दैन :श्रममन्त्री विष्ट
काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशमा पर्याप्त रोजगारी सिर्जना गर्न लागेको बताएका छन् । मजदुर दिवशका अवसरमा शुभकामना दिँदै मन्त्री विष्टले सरकार गरिबी, अभाव र बेरोजगारीको समस्या समाधान गर्ने दिशामा अघि बढेको दावि गरे ।
शुभकामना सन्देशमा भनिएको छ, ‘संविधान प्रदत्त श्रमिकका अधिकारहरुको रक्षा र कार्यान्वयनको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध छ । श्रमलाई मर्यादित बनाउँदै आन्तरिक रोजगारीका अवसरहरुलाई व्यापक रुपमा सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने, बालश्रमको निवारण गर्ने एवं श्रमिकको सामाजिक सुरक्षाजस्ता कार्यहरुलाई तीनै तहको उचित समन्वय र प्रयत्नबाट उल्लेखनीय उपलब्धि प्राप्त गर्ने कुरामा हामी कटिबद्ध छौं ।’
श्रमिकको सम्मानित जीवनयापनको सुनिश्चितताका लागि वर्तमान सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको दावि गर्दै कामकै लागि विदेशिनुपर्ने वाध्यताको अन्त्ये गर्ने बताए ।