कामिनीले भनिन: च्यालेन्ज फेस गर्छु, सरकारले कारण दिनुपर्छ !
काठमाडौं- खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक टेलिकमको महिला प्रबन्ध निर्देशक नियुक्ति भएकी कामिनी राजभण्डारीलाई सरकारले बर्खास्त गरेको छ।
उनि तीन वर्ष कार्यकालका लागि नियुक्त भएकी थिइन ।
छोटो समयमा नै धेरैपटक स्पष्टीकरण सोधेर मन्त्रिपरिषद बैठकले उनलाई बखास्त गर्यो। उनको एक वर्ष अझै कार्यकाल बाँकी छ ।
उनले आफुले पत्र नपाइसकेको र काम गरिरहेको बताइन । ‘सञ्चार माध्यमबाट सुनें, अहिलेसम्म हातमा पत्र परेको छैन,’ उनले भनिन्, ।
उनले आफु खुला प्रतिस्पर्धाबाट भिडेर आएको र कार्यकालभरि इमान्दारीसाथ् काम गरेको बताइन ।
उनले अगाडी भनेकी छन ‘मेरो नेतृत्वमा टेलिकमले धेरै प्रगति गरेको छ। ‘मैले काम गरिरहेकी छु, हटाउनुको ठोस कारण तथा आधार देख्दिनँ,’ ‘च्यालेन्ज फेस गर्नेछु। कसरी अगाडि बढ्ने सोच्दैछु ।’
उनले आफूले टेलिकम सम्हालेपछि गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा गरेको बताइन्। करपछिको नाफा मात्रै १५ अर्ब ६६ करोड पुगेको छ। उनका अनुसार अघिल्लो वर्षभन्दा नाफा १.९२ प्रतिशत बढेको छ। आव ०७४/७५ मा कुल आय ४५ अर्ब ५६ करोड रुपैयाँ भएको छ। यो आम्दानी पनि अघिल्लो आवको तुलनामा २.१९ प्रतिशत बढी हो। यस्तै, ०७३/७४ मा ४४ अर्ब ५९ करोड र ०७२/७३ मा ४४ अर्ब २१ करोड रुपैयाँ टेलिकमको कुल आय भएको थियो। टेलिकमका अनुसार ३० जेठमा मात्रै पहिलो पटक प्रबन्ध निर्देशक राजभण्डारीलाई लिखित स्पष्टीकरण सोधिएको थियो।