अपांगता भएका व्यक्तिलाई कम्बल र सिलाइ मेसिन - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

अपांगता भएका व्यक्तिलाई कम्बल र सिलाइ मेसिन



सुखड,कैलाली । कैलालीको गौरिगंगा नगरपालिका -९ मा अपांगता भएका व्यक्तिहरुलाई कम्बल तथा सिलाइकटाई मेसिन वितरण गरिएको छ ।

गौरिगङ्गा नगरपालिका वडा नं ९ काे अार्थिक सहयोग र अपांग समन्वय समितिकाे अायाेजनामा मंगलबार वडामा रहेका ७३ जना अपांगहरुलाई कम्मल तथा ५ जनालाई सिलाइ कटाई मेशिन बितरण गरिएको हो ।

वडामा रहेका अपांगता भएका ब्यक्तिहरुलाइ जाडोमा केही न्यानोपन दिने प्रयास स्वरुप कम्बल बितरण गरिएको वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद तिवारीले बताए । साथै अध्यक्ष तिवारिले गत बर्ष वडाले तालिम दिएपछी सिलाइ कटाइ सम्बन्धि सीप भएका तर मेसिन खरिद गर्न नसक्ने स्थितिका अपांगता भएका व्यक्तिको व्यवसायी वृद्धिका लागि सिलाइ कटाइ मेसिन बितरण गरिएको जानकारी दिए ।

गौरिगङ्गा नगरपालिका वडा नम्बर ९ ले अपांगता भएका ब्यक्तिहरुका लागि भनेर आर्थिक बर्ष २०७६/०७७ मा एक लाख बजेट विनियोजन गरेको अध्यक्ष तिवारीले बताए । उनले भने , हामिले यस कार्यक्रमको लागि एक लाख रकम छुट्याएका थियौं । उहाँहरुकै माग अनुसार कम्बल तथा सिलाइ कटाइ मिसिन बाडेका हौं ।”