भारतको मध्य प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

भारतको मध्य प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा



काठमाडौं- भारतको मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले राजीनामा दिएका छन् । १५ महिना सरकारको नेतृत्व गरेका उनले शुक्रबार दिउँसो पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

कमलनाथले भने, ‘मलाई जनताले पाँच वर्षको म्यान्डेट दिएका थिए यसभन्दा पहिले बिजेपीलाई १५ वर्ष दिएका थिए काम गर्नका लागि । मैले तय गरेको छु कि म राज्यपाललाई आफ्नो राजीनामा पठाईदिन्छु ।’

यसअघि भारतको सर्वाेच्च अदालतले मुख्यमन्त्री कमलनाथलाई शुक्रबार साँझ पाँच बजेसम्म फ्लोर टेष्टबाट बहुमत साबित गर्न आदेश दिएको थियो ।

कमलनाथले बिहान ११ बजे विधायक दलको बैठक बोलाएका थिए र मध्यान्न १२ बजे पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

उनले आफूविरुद्ध बिजेपीले राजनीतिक षडयन्त्र गरेको आरेप लगाए । भाजपाले लोकतान्त्रिक मूल्यको हत्या गरेको उनको आरोप छ ।