कमलरिको समस्या समाधान हुने बजेट ल्याउन पहल गर्ने : नगर प्रमुख चौधरी - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

कमलरिको समस्या समाधान हुने बजेट ल्याउन पहल गर्ने : नगर प्रमुख चौधरी



बिशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले आर्थिक बर्ष २०७५/०७६ का लागी मुक्त कमलरिहरुको समस्या समाधान हुने खालको बजेट ल्याउन पहल गर्ने बताएका छ्न ।

बिहिवार सुखडमा प्लान इन्टरनेसनल नेपालले आयोजना गरेको मुक्त कमलरिहरुका लागि नेतृत्व बिकास सङ्गै क्षमता अभिबृद्धि तालिममा नगर प्रमुख चौधरीले घोडाघोडी नगरपालिकामा १२ बटा मुक्त कमैया शिबिर छ्न’ । उनले भने ,’यस अघिका बजेट हरुमा कमलरिहरुको समस्या समाधान हुने खालको बजेट थिएन अब कार्यपालिका बैठकमा छलफल गर्ने र सबै मिलि समस्या समाधान हुने खालको बजेट ल्याउनु पर्ने बताएका हुन । झारो टार्ने तरिकाले बजेट छुट्टाएर मात्र हुँदैन समस्याको समाधान हुने तरिकाले बजेट छुट्टाउनु पर्ने उनले थपे ।

घोडाघोडी नगरपालिकामा मात्रै १२ बटा शिबिर छ्न, उनिहरुलाई  आजिबन शिबिरमा बस्न पर्ने बाध्यता रहेको छ उनले भने , ‘समस्या को समाधान एकै चोटी नभएपनी अबको बजेटमा कमलरिको समस्या समाधान हुने खालको बजेट ल्याउने र प्रदेश सरकारलाई पनि आग्रह गर्ने बताए ‘। चौधरीले कमलरिहरुका लागि नितिगत रुपमा कोटा छुट्टाउन आवश्यक रहेको बताए । लोकसेवामा कोटा छुट्टाउन पर्छ यसको लागी हामी सबैको जिम्मेवारी रहेको बताउदै आफुले गर्न पर्ने कर्तव्य पुरा गर्ने प्रतिबद्धता समेत जनाए ।

प्लान इन्टरनेसनल नेपालले आयोजना गरेको तालीममा सहभागीहरुले स्थानीय निकायले पढ्ने ब्यवस्था मिलाउन पर्ने ,रोजगारीको ब्यवस्था गरिदिनु पर्ने तथा मुक्त कमलरिका लागि पनि छुट्टै कोटाको ब्यवस्था गर्नु पर्ने लगाएतका माग राखेका थिए ।

प्लान इन्टरनेशनल, नेपालका परियोजना संयोजक कमला उप्रेतीले मुक्त कमलरीको नेतृत्व विकास र क्षमता अभिबृद्धि गर्ने उद्देश्यसहित परियोजना लागू गरिएको बताइन् । तालिममा धनगढी उपमहानगरपालिका ,गोदावरी नगरपालिका ,गौरिगङ्गा नगरपालिका ,घोडाघोडी नगरपालिका लगाएका स्थानहरु बाट सहभागीहरु रहेका थिए ।

काङ्ग्रेस नेता बडुवालले लिए दुई जना कमलरि पढाउने जिम्मा

नेपाली कांग्रेसका महासमिती सदस्य तथा युवा नेता भिम बडुवालले आर्थिक स्थिति कमजोर भएका कारणले पढ्न नपाउने ब्यक्तिहरुलाइ आर्थिक सहयोग गरि पढाइदिएकोमा उक्त संस्था लाइ धन्यवाद दिदै  आर्थिक स्थिति एकदमै कमजोर रहेका २ जना  मुक्त कमलरिको स्नातक तह सम्मको पढाइ खर्चको जिम्मेवारी लिएका छ्न ।

बिहिवार सुखडमा प्लान इन्टरनेसनल नेपालले आयोजना गरेको मुक्त कमलरिहरुका लागि नेतृत्व बिकास सङ्गै क्षमता अभिबृद्धि तालिममा नेता बडुवालले दुई जना मुक्त कमलरीलाई स्नातक तहमा पढाउने सम्पूर्ण खर्च बेहोर्ने घोषणा गरेका हुन।