अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण



काठमाडौं- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण पुष्टि भएसँगै उनी क्वारेन्टाइनमा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

ह्यारिसका अनुसार चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन्। उनमा कोरोनाको गम्भीर लक्षण भने भेटिएको छैन। ह्यारिसको स्वास्थ्यवस्था सामान्य रहेको बताइएको छ।