धर्मगुरुको गोलीकाण्ड र कमल थापाको ट्वीट !
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मगुरु श्रीनिवास आचार्यको गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न सरकारसंग माग गरेका छन् ।
उनले आफैंमाथि आक्रमण गराएको प्रहरी दाबी सत्य भए त्यो निन्दनीय र भर्त्सनायोग्य हुनेसमेत बताए ।
थापाले श्रीनिवासलाई गत चैत २५ गते गोली प्रहार भएसँगै घटनाको निन्दा एवं दोषीमाथि कारबाहीको माग गरेका थिए ।
तर प्रहरीले सोमबार आफैंले गोली हान्न लगाएको भन्दै श्रीनिवासलार्इ काठमाण्डुबाट पक्रेको थियो ।
प्रहरी अनुसन्धानबाट नयाँ तथ्य खुलेसँगै थापाले यसमाथि स्वतन्त्र छानबिन गर्न सरकारसँग माग गरेका हुन् ।
‘धर्मगुरु श्रीनिवास आचार्य स्वयंले आफूमाथि आक्रमण गराएको प्रहरीले जनाएको छ’, थापाले ट्वीट गर्दै भनेका छन्, ‘यदि प्रहरीको भनाइ सत्य हो भने श्रीनिवासको यो कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य छ ।’