कमल थापाले लगाए सरकारलाई गम्भीर आरोप - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

कमल थापाले लगाए सरकारलाई गम्भीर आरोप



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले चौकीदार नै लुटेरा भएपछि भ्रष्टाचार रोक्न नसिकिने बताएका छन् । मेची महाकाली यात्रामा निस्केको राप्रपाले झापामा गरेको एक कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै थापाले भने ‘चौकीदार नै लुटेरा भएपछि भ्रष्टाचार कसरी रोक्ने’ उनले सरकारको नेतृत्व गर्ने पार्टीलाई नै चौकीदारको संज्ञा दिए । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दीका बेला लिएको राष्ट्रियताको अडानले झन्डै दुई तिहाइ मत प्राप्त गरे पनि आज दबाब र प्रभावमा ओली सरकार लाचार बनेको थापाको आरोप थियो।

हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पुनः स्थापनाको माग गर्दै आएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेची महाकाली राष्ट्रिय महाअभियान सुरू गरेको छ । राप्रपाले यही फागुन १५ गतेबाट ताप्लेजुङबाट यात्रा शुरु गरेको हो । ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किलोमिटरको यात्रामा सम्बन्धित जिल्लाका सङ्गठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब २०० सभा गरिने भएको छ । उक्त यात्रा सकिएपछि यस किसिमको यात्रा बाँकी अन्य जिल्लामा समेत गरिने पार्टीले जनाएको छ ।