कमल थापाले भने: संघीयता नेपालले धान्न सक्दैन, खारेज गरौँ ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कमल थापाले भने: संघीयता नेपालले धान्न सक्दैन, खारेज गरौँ !



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई नेपालले धान्न सक्दैन भन्ने मान्यता स्थापित हुदै आएको बताएका छन् ।

काठमाण्डौको धुम्बराहीस्थित पार्टी कार्यालयमा आईतबार सक्रिय सस्यता वितरण अभियानको शुभारम्भ गर्दे उनले यस्तो बताएका हुन् ।

पछिल्लो समयमा कर, मुल्यवृद्धि लगायत विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको बेला अध्यक्ष थापाले राज्य सञ्चालनमा देखिएको असफलता र जटिलताको मुल कारक राज्य संचालनको नीति र व्यवस्था रहेको बताएका हुन् ।

विगतमा संघीयता र धर्मनिरपेक्षताको अगुवाई गर्नेहरुनै अहिले हिन्दुराष्ट्र हुनुपर्ने माग गर्दे हिडेको दाबी समेत उनले गरे ।  अध्यक्ष थापाले राप्रपा संविधानको परिधिभित्र रहेर आफ्ना मान्यता र एजेण्डा स्थापित गराउने अभियानमा सधै लागि रहने बताए ।