कमल थापा पनि एमसीसीको विपक्षमा - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

कमल थापा पनि एमसीसीको विपक्षमा



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमसिसी विदेशीको रणनीतिक स्वार्थको प्रतिस्पर्धाको थलो भएको बताएका छन्।।एमसिसीको विवाद नेपालीको हितमा भन्दा पनि विदेशी शक्तिको हितका लागि भएको उनको आरोप छ।

भक्तपुरमा आयोजित राप्रपा जिल्ला समायोजन कार्यक्रममा अध्यक्ष थापाले नेपालको राष्ट्रियता नै खतरामा पर्न सक्ने भन्दै उनले एमसिसीजस्ता धेरै राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज गरिनु पर्नेमा समेत जोड दिए। उनले गणतन्त्र केही सीमित नेताको पोल्टाको तुरुप भएको बताउँदै माफियाहरु स्थानीय तहदेखि सदनसम्म पस्दा एउटा वडामा चुनाव लडन पनि २० औं लाख खर्च गर्नुपर्ने अवस्था आएको सन्दर्भ कोट्याउँदै अहिलेको प्रजातन्त्रको अर्को नाम विकृति भएको चर्चा गरे।

उनले ठूला दलका केह सीमित दलका नेताले संवैधानिक आयोगका प्रमुखहरुलाई नै खरिद गरी आफ्नो खल्तीमा हालेको आरोपसमेत लगाए। सोही कार्यक्रममा पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले कम्युनिष्ट र काँग्रेसको विकल्पका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै गइरहेको बताए। उनले राप्रपा अब नफुट्ने समेत दाबी गरे।

कार्यक्रममा नेपाली सेनाका पूर्व जनरल भरत खडका, नेकपा एमाले, विभिन्न राजनैतिक दल परित्याग गरेर दिप गुरुङ र दिनेश मगरको अगुवाईमा ३ सय बढी बढी युवाहरु राप्रपा प्रवेश गरेका थिए।

कार्यक्रममा राप्रपा भक्तपुरको अध्यक्षमा रामशरण लामिछाने र सहअध्यक्षमा श्यामप्रसाद नेपाल चयन भएको जानकारी दिइएको थियो।