जानकी मन्दिरबाट कमल थापाले भने सरकारबाटै देशलाई खतरा छ ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

जानकी मन्दिरबाट कमल थापाले भने सरकारबाटै देशलाई खतरा छ !



जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वभिमान, सम्मान जनतालाई जागरुक बनाउने तथा सरकारलाई जनताप्रति उदरदायित्व बनाउन राष्ट्रिय स्वभिमान यात्रा थालेको बताएका छन्।

उनले नेपालको राष्ट्रिय पहिचान माथि आएको संकट धर्म परिवर्तन, राष्ट्र विखण्डन, भ्रष्टाचार र बेरोजगारी देशको प्रमुख समस्याको रुपमा उजागर भइरहेको बताएका हुन्। राष्ट्रिय स्वभिमान यात्राको पाँचौ दिनमा जनकपुरधाम जानकी मन्दिर धार्मिक रथ यात्राको टोलीसहित आइपुगेका अध्यक्ष थापाले भने, ‘हिन्दु राष्ट्र र राजसंस्थालाई पाखा लगाएको १२ वर्ष भयो, तर जनताले त्यसको सकारात्मक परिवर्तनको सहानुभुति गर्न पाएको छैन्। बरु त्यसको ठीक विपरित अहिले देशलाई टुक्राउन पर्दछ भने विखण्डण्कारी समुह क्रियाशील रहेको छ।’ उनले शान्ति प्रक्रिया टुङिग्एको भनिएपनि फेरी नयाँ ढंगबाट माओवादी विद्रोह सुरु भइरहेको बताए। उनले नेपालको सनतान धर्ममाथि व्यापक रुपमा आक्रमण भइरहेको बताउँदै गरिबी र पैसाको लालचमा धर्म परिवर्तन गराउने होडबाजी चलिरहेको बताए।

उनले देशमा गरिबी र बेरोजगारी तिव्र रुपमा बढ्दै गएको बताउँदै विगतमा भएका त्रुटी तथा कमी कमजोरीलाई सच्चयाएर धर्म निरपेक्षता, गणतन्त्र र संघीयता बारेमा पुनः राष्ट्रिय बहसको आवश्यकता भएको औल्याउँदै अहिलेको परिवेशमा पुर्नविचारको आवश्यक समेत भएको दाबी गरे। देशमा सानै रुपमा भएपनि विखण्डनकारी शक्तिहरु क्रियाशिल भईरहेको बताउँदै विगतमा माओवादीले एउटा भरुवा बन्दुक, एउटा पेस्तोल र १०० जना गुरिलाबाट सुरु गरेको सशस्त्र विद्रोह तत्कालिन नेताहरुको कमि कमजोरीमा १० वर्षभित्रमा धेरै ठुलो शक्तिको रुपमा देखा पर्‍यो। सोही अनुरुप अहिले ती शक्तिहरु सानो छ, तर भुमिगत अवस्थामा छ, तर यो समस्यालाई सरकारले समाधान गरेन भने, यो कालान्तरमा राष्ट्रिय सुरक्षाको थ्रेटको रुपमा देखा पर्न सक्ने थापाको भनाइ थियो।

अध्यक्ष थापाले देशमा अहिले भ्रष्टाचार डरलाग्दो महारोगको रुपमा देखा परिरहेको बताउँदै कर्मचारी, नेता र ठुला व्यापारीहरुको त्रिकोणीय गठबन्धन आधारमा देशमा ब्रह्मलुट मच्चाइरहेको आरोप लगाउँदै उनले भने, ‘लोकतन्त्रको आवरणमा अहिले लुटतन्त्र मच्चिएको छ। त्यसैले प्रधानमन्त्री ओलीले आफूपनि भष्टाचार गर्दिन र अरुलाई पनि गर्दिन, भन्ने भनाइलाई सार्थक तुल्याउन एनसेल करछली प्रकरण, वाईडबडी खरिद जाँच प्रकरण र सुन तस्करी काण्ड जस्ता विषयमा छानवीन गरी कारवाही गर्न सक्नुपर्छ।’