कमल थापा धर्नामा : होला त हिन्दूराष्ट्र स्थापना ?
काठमाडौं, हिन्दूराष्ट्र स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार देशभरका स्थानीय तहको अगाडि धर्ना दिएको छ।
राप्रपा अध्यक्ष कमल थापासहितका नेता–कार्यकर्ता काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् । हिन्दूराष्ट्र स्थापनाका लागि सुरु गरिएको आन्दोलनअन्तर्गत आज धर्नामा बसेको राप्रपा अध्यक्ष थापाले बताए।
राप्रपा नेता कार्यकर्ता एक घण्टा धर्ना बस्ने कार्यक्रम रहेको छ । उनीहरू जुलुससहित काठमाडौं महानगर कार्यालय पुगेका हुन्।