कमल थापाले भने: धर्म कमजोर हुँदा सबै चिज बिग्रियो - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कमल थापाले भने: धर्म कमजोर हुँदा सबै चिज बिग्रियो



तनहुँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताएका छन् ।

राप्रपा तनहुँले आज दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहमा अध्यक्ष थापाले धर्म संस्कृतिमाथि आक्रमण बढेकाले नैतिकताको धरातल कमजोर बनेको बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले संसद् विघटनले संवैधानिक जटिलता सिर्जना भएको बताए ।

लोकतन्त्रको नाउँमा विगतमा दलहरुले गलत बीउको बीजारोपण गर्ने काम गरेको आरोप लगाउँदै थापाले नेपाली परिवेश सुहाउँदो प्रजातन्त्रको विकास गर्न आवश्यक रहेकोमा जोड दिए ।

कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएकाले सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको धरातलमा मात्रै देश विकास सम्भव रहेको थापाले बताए । ‘राप्रपाले सम्बद्र्धनवादको नीति अगाडि सारेको छ, प्राचीन मौलिक परम्परा, संस्कृतिको संरक्षण गर्दै नेपाललाई सबल र समुन्नत बनाउने पार्टीको लक्ष्य हो,’ उनले भने ।