सरकार-सीके सम्झौता यसकारण शंकास्पद छ : कमल थापा - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

सरकार-सीके सम्झौता यसकारण शंकास्पद छ : कमल थापा



कञ्चनपुर— राप्रपाका अध्यक्ष कमल थापाले सरकार र सीके राउतबीच भएको सहमति शंकास्पद भएको बताएका छन् । शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले जनताको अभिमतबाट कुनै पनि राजनीतिक विषय समाधान गर्न सकिने कुरा सहमतिमा उल्लेख गरिएको नै शंकास्पद रहेको बताएका हुन् ।

‘राष्ट्र विखण्डनको मुद्दा जनताको अभिमतसँग जोड्न खोजिएको छ, अध्यक्ष थापााले भने, ‘यदि त्यस्तो हो भने नेपाली जनतालाई त्यो कुरा कदापि स्वीकार्य हुँदैन । यस विषयमा सरकारले एक हप्ताभित्र आफ्नो धारणा स्पष्ट पार्नुपर्छ, नत्र राप्रपाले आन्दोलन सुरु गर्छ ।’

उनले शुक्रबार राउतले सरकारसँग भएको सहमतिलाई सामाजिक सञ्जालमार्फत मधेश अलग्गै राज्य हुने विषयमा जनमत संग्रह हुने कुरा लेखेकाले झनै शंका उब्जाएको बताएका छन् ।

फाुगन १५ गते ताप्लेजुंगको पाथिभराबाट सुरु भएको राप्रपाको राष्ट्रिय स्वभिमान यात्रा शुक्रबार महेन्द्रनगर पुगेको हो ।