विप्लव जी बन्दुक छोडेर शान्तिपूर्ण राजनीतिमा आउनुहोस :कमल थापा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विप्लव जी बन्दुक छोडेर शान्तिपूर्ण राजनीतिमा आउनुहोस :कमल थापा



दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिटफुट रुपमा सशस्त्र गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई बन्दुक छोडेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्नुभएको छ ।

‘विप्लवजी बन्दुक छोड्नुस’ तुलसीपुरमा सोमबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘आन्दोलन नै गर्ने हो भने पनि जनताको बलमा शान्तिपूर्ण गर्नुस् ।’ अध्यक्ष थापाले सिके राउतले सरकारसँगको सहमति उल्लघंन गरेको बताउनुभयो ।

‘सरकारसँग संझोता गरेलगत्तै जनकपुरमा स्वतन्त्र मधेसको नारा लागेको छ, सरकारको सुरक्षाघेराभित्रै बिखण्डनकारी नाराबाजी हुनु दुखद् र दुर्भाग्यपूर्ण हो’ उहाँले भन्नुभयो ‘सिके राउत समूहको पछिल्लो गतिविधिले उनीहरुले आफ्नो अभिष्ट पूरा गर्न यो संझौता गरेको हो कि जस्तो देखिएको छ । संझौतापछि जनकपुरमा भएको प्रदर्शनले सरकार समेत उदांगिएको छ ।’ अध्यक्ष थापाले मुलुकमा हिन्दूराज्य स्थापना हुने दाबी गर्नुभयो ।