कमल थापाले भने : सरकारले विप्लवलाई दमन नगरोस - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

कमल थापाले भने : सरकारले विप्लवलाई दमन नगरोस



पोखरा : राप्रपाका अध्यक्ष कमल थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनु असंवैधानिक र अप्रजातान्त्रिक भएको बताएका छन् ।

पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा पूर्वमन्त्रीसमेत रहेका थापाले यो प्रतिबन्ध पार्टीमाथि कै हो वा उनीहरुका गतिविधिमा हो यसको बारेमा सरकारले स्पष्ट पार्नु पर्ने माग गरे ।

विगतमा जनयुद्धको अनुभवलाई दृष्टिगत गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेकपालाई दमनको माध्यमबाट होइन वार्ता र सहमतिको आधारमा राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनु पर्नेमा उनले जोड दिए ।

सीके राउतसँगको सरकारको सम्झैता विवादस्पद र रहस्यपूर्ण भएको उनले बताए । औपचारिकरुपमा सीके राउतसँगको घोषण हुनुअगाब,ै घोषणपछि पनि सरकारसँग आवद्ध व्यक्ति र सञ्चारमाध्यमहरुले एकोहोरो स्याल हुइयाँको पमा सीकेले बिखण्डनको एजेण्डा परित्याग गरेर राष्ट्रिय राजनीतिको मूलधारमा आयो र यो सरकारको ठूलो उपलब्धी हो भन्ने ढंगले प्रचार गरेको उनले सुनाए ।

त्यो सम्झौतालाई सुक्ष्मरुपमा अध्ययन गर्ने हो भने सीकेले विखण्डनको एजेण्डा परित्याग गरेको नदेखिने थापाले दाबी गरे। विषयको संवेदनशीलतालाई दृष्टिगत गर्दै यो सहमति पहिलो बाक्यमै सीके राउतले बिखण्डनको एजेण्डा परित्याग गरेको सुस्पष्ट भाषामा लेखिनु पर्थ्यो । उनले भने ‘सबै दस्ताबेजका शब्दावलीहरु दुई अर्थ लाग्ने र बिवादस्पद छ ।’

सरकारसँगको सम्झौताको भोलीपल्टै सीके समूहले जनकपुरमा देखएको गतिविधिले सम्झौतालाई रहस्यमय बनाएको थपाले बताए । राष्ट्र बिखण्डन जस्तो संवेदनशील विषयमा सरकाले हचुवाका भरमा निर्णय गर्न नहुने भन्दै उनले यसलाई तत्काल सुधार गर्न माग गरे ।