माओवादीलाई ल्याउँदा हिन्दूराष्ट्र र राजसंस्था गुम्यो : कमल थापा - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

माओवादीलाई ल्याउँदा हिन्दूराष्ट्र र राजसंस्था गुम्यो : कमल थापा



ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हिन्दूराष्ट्रको पहिचान र राजसंस्था गुमाउनु परेको बताएका छन् ।

पूर्वको ताप्लेजुङबाट ‘मेची–महाकाली राष्ट्रिय अभियान’को सुरुवात गर्न पुगेका अध्यक्ष थापाले १२ वर्षमा पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउँदै अब राजसंस्था र हिन्दूराष्ट्रबारे पुनर्विचार गरिनुपर्ने बताए ।

राजसंस्थासहितको सबै शक्तिहरु अटाउने नेपाली संस्कृतिको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गर्दै राप्रपाले १५ दिने अभियान शुरु गरेको हो । राष्ट्रिय स्वाभिमान मेची–महाकाली अभियानका क्रममा ३६ जिल्लामा १ सय भन्दा बढी स्थानमा राप्रपाले सभाको आयोजना गर्ने जनाएको छ।

अभियानका क्रममा राप्रपाले भोलि ९बिहीवार० झापाको बिर्तामोडमा वृहत्त शक्ति प्रदर्शन गर्ने भएको छ । २ हजार ८ सय ७ किलोमिटर दूरीको यात्राका क्रममा स्थानअनुसारको संस्कृति र भेषभुषा झल्कने गरी संस्कृति एवं झाँकी समेत प्रदर्शन हुने राप्रपाले जनाएको छ ।