कमल थापालाई धक्का: डा. लोहनीले पनि छोडे साथ
काठमाडौं- डा प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाको साथ छोडेका छन् । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा लोहनीले समर्थन गर्ने भएका छन् ।
युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् ।
मंगलबार बिहान साढे ११ बजे पत्रकार सम्मेलन डा लोहनीले लिङ्देनलाई समर्थन रहेको घोषणा गर्ने राप्रपा नेता जनकराज पाठकले जानकारी दिए । यसका लागि जमलस्थित एलो प्यागोडा होटेलमा कार्यक्रम राखिएको छ ।
हाल राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र डा लोहनी तीन जना नेतृत्वमा छन् । थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । हाल उनी कतै खुलेको अवस्था छैन ।
नयाँ नेतृत्व नआएमा राप्रपाको अस्तित्व सकिने अधिकांश युवा नेताहरूको बुझाइ छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।