कमल थापाका भतिजले पनि छाडे पार्टी - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

कमल थापाका भतिजले पनि छाडे पार्टी



काठमाडौँ- गणेश थापाका छोरा तथा कमल थापाका भतिज अभिषेक थापाले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन्।

हालै काठमाडौंमा भएको राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापाले बुधबार साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन्।

सुरुमा आफू अध्यक्ष पदमा हारेपछि कमल थापाले राप्रपा छाडेका थिए। त्यसपछि उनी आफ्नो पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका छन्।

उनी राप्रपाबाट अलग भएपछि क्रमशः अन्य नेताले पनि पार्टी छाड्दै राप्रपा नेपालमा बसाइँ सर्ने क्रम सुरु भएको हो।