कमल हसनमाथि चप्पल प्रहार - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कमल हसनमाथि चप्पल प्रहार



भारत – कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका कमल हसनमाथि बुधबार साँझ चप्पल प्रहार भएको छ ।

चुनावी प्रचारमा रहेका हसनमाथि मदुरैको तिरुप्परनकुन्द्ररम विधानसभा क्षेत्रमा चप्पल प्रहार भएको हो ।

हसनले तीन दिनअघिमात्र नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेको प्रसंग उल्लेख गर्दै भनेका थिए, ‘स्वतन्त्र भारतको पहिलो अतिवादी हिन्दु हो ।’

उक्त घटनामा भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ता, सदस्य र हनुमान सेना गरी ११ जनाविरुद्ध प्रहरीमा उजुरी गरिएको छ । एउटा सभालाई सम्बोधन गर्ने क्रममा चप्पल प्रहार भए पनि त्यसले उनलाई भने लागेन ।