विद्यार्थी युनियन र स्थानीय युवाहरुद्वारा मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

विद्यार्थी युनियन र स्थानीय युवाहरुद्वारा मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो



जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) रामपरीक्षण यादवमाथि युवाहरूको समूहले कालो मोसो (मसी) दलेका छन् ।

यादवलाई कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको युवाहरुको समूहलार्इ मेसु यादवले हप्काएपछि उनीहरूले मसी शरीरमा खन्याइदिएका हुन् ।

जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै तरुण दल, नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन र स्थानीय युवाहरुको समूहले आइतबार दिउँसो मेसु यादवलाई ज्ञापनपत्र बुझाउन गएको थियो ।

दुई दिनअघि मात्र जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले एक सुत्केरीको मृत्यु भएको बिरामीका परिवारले दावी गरेका छन् ।

घटनामा संलग्न रहेको भन्दै तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।अनलाईन खबरबाट