सरकारविरुद्ध ‘कालो मार्चपास’: प्रधानमन्त्रीले चिनीमा कमिसन खाएको आरोप - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सरकारविरुद्ध ‘कालो मार्चपास’: प्रधानमन्त्रीले चिनीमा कमिसन खाएको आरोप



काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सरकार विरुद्ध काठमाडौंमा ‘कालो’मार्चपास गरेको छ । नेपालको नक्सामा कालापानी हटाइएको, जनताको ढाड सेक्ने गरी करवृद्धि गरिएको, बलात्कार, हत्या, कालाबजारी, बढ्दो महँगी नियन्त्रण गर्न नसकेको, गैरन्यायिक सडक विस्तार, राष्ट्रघाति नागरिकता विधेयक लगायतका विरुद्ध ‘कालो मार्च पास’ गरिएको क्रान्तिकारी माओवादीका नेताहरुले बताए ।

यो मार्चपासको नेतृत्व पार्टीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले गरे । रत्नपार्कस्थित शान्तिबाटिकादेखि भृकुटीमण्डपसम्म मार्चपास गरिएको हो । मार्चपासपछि भएको कोण सभामा वक्ताहरुले वर्तमान सरकार हत्या हिंसाका घटनाको चाङमाथि सुतिरहेको र पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय मापदण्डलाई लत्याएको आरोप लगाए ।

उनीहरुले भने, ‘चिनी लुकाइएको छ । चिनीको भाउ रातारात ९५ रुपैँयासम्म पुग्यो । पत्रपत्रिकामा समाचार आयो प्रधानमन्त्रीले कमिसन खाएर चिनीको मूल्यवृद्धि गरेको भनेर । ७ अरब कमिसन खाएको कुरा के हो ? सार्वजनिक गर्नु पर्छ ।

‘स्वघोषित राष्ट्रवादी प्रधानमन्त्रीले सुस्ता बचाउ अभियानका अभियन्ताहरु अनसन बसे । राष्ट्रवादी सरकार कहाँ थियो ? किन बोल्दैन ?’ उनीहरुले यस्ता थुप्रै प्रश्न गरे । १३–१४ जना मोडल अस्पतालमा उपचार गराएर घर फर्किए । तर, प्रधानमन्त्रीले भेट्न दिएनन्, उनीहरुले भने । वक्ताले प्रश्न गरे, ‘सुस्ता मिचिदा प्रधानमन्त्री किन मौन ? कि सुस्ता नेपालको होइन ?’