निर्मला हत्या प्रकरणले लियो नयाँ मोड,कालो मान्छे खोज्दै प्रहरी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

निर्मला हत्या प्रकरणले लियो नयाँ मोड,कालो मान्छे खोज्दै प्रहरी



काठमाडौं । नेपाल प्रहरीका धेरै अनुसन्धान अधिकृतले बिभिन्न तरिकाबाट अनुसन्धान गरे पनि कुनै सुइको नपाएको निर्मला पन्त बलात्कार र हत्या प्रकरणले नयाँ मोड लिएको छ ।

अनुसन्धानको दायरामा आएका एक व्यक्ति अहिले फरार भएपछि घटनाले नयाँ मोड लिएको हो । घटनास्थलमा ढेड बर्षदेखि अश्लिल हर्कत गर्दै आएका ति व्यक्ति निर्मलाको बलात्कार र हत्या पश्चात देखिन छाडेपछि प्रहरीले अनुसन्धान त्यता मोडेको हो । तर त्यो व्यक्ति को थियो, काँहाबाट आयो र काँहा गयो भन्नेबारे नेपाल प्रहरी अनभिज्ञ छ ।

एक युवतीको बयानको आधारमा अनुसन्धानमा जुटेको प्रहरी टोलीले ति कालो मान्छे भन्नेको स्केज तयार पारेर खोजि तिब्र पारेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

निर्मला प्रकरणकै समयमा ति व्यक्तिलाई दुध पु-याउन जाने, ड्राईभिङ सिकेर फर्किँदै गरेको एक युवती लगायत १६ जनाले देखेका थिए । केटा देख्ने बित्तिकै खोला किनाराको रुखमा लुक्दै आएका ति कालो व्यक्तिले युवती उक्त बाटोमा हिडेको देख्ने बित्तिकै बाटोमा अश्लिल हरर्कत देखाउँदै आएका थिए ।

उसको हर्रकतले आजित बनेका गाँउलेले उक्त कुरा वडा अध्यक्षसम्म पु¥याएका थिए । वडा अध्यक्षको रोहवरमा प्रहरी लगाएर त्यो कालो मान्छे बस्ने झाडी फाँडेपछि ति व्यक्ति उखुबारीमा बस्ने थालेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

सोही उखुबारीमा निर्मलाको बलात्कार पश्चात हत्या भएको थियो । निर्मलाको घटना पश्चात ति व्यक्ति सो क्षेत्रमा नभेटिएपछि उनीमाथि शंका गर्दै प्रहरीले अनुसन्धानलाई तिब्र पारेको हो ।

प्रहरीको अनुसन्धानको घेरामा जोडिएका ति व्यक्तिले ढेड बर्षको अबधिमा १६ जना युवतीमाथि बलात्कारको प्रयास गरेको समेत खुलासा भएको छ ।

काला व्यक्ति भनिएकाले एकै युवतीलाई दश पटकसम्म बलात्कारको प्रयास गरेको प्रहरीको अनुसन्धानबाट अहिले खुलासा भएको हो । अनुसन्धानमा जुटेको प्रहरी स्रोतका अनुसार तिनै व्यक्तिले निर्मलाको बलात्कार पश्चात हत्या गरेको हुन सक्छ ।