साउदी दूतावासका कर्मचारीको सहयोगमा म्यानपावरको कालो धन्दा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

साउदी दूतावासका कर्मचारीको सहयोगमा म्यानपावरको कालो धन्दा



काठमाडौँ — वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नलिई हजको लागि नेपाली कामदारलाई साउदी अरब लैजान भन्दै अन्तर्वार्ता भइरहेको काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बुधबार छापा मारेको छ ।

अन्तर्वार्तास्थलमा काठमाडौंस्थित साउदी दूतावासका कर्मचारी, कम्पनीका४ जना प्रतिनिधि र म्यानपावर सञ्चालक थिए।

सिनामंगलको मिता म्यानपावरले ११ सय कामदार पठाउन अन्तर्वार्ता गरिरहेको थियो। ‘तीन महिनाको लागि साउदी लैजान लागिएको प्रारम्भिक छानविनमा देखिएको छ। त्यस म्यानपावरलाई यति धेरै कामदार लैजान अनुमति दिइएको छैन,’ विभागका एक कर्मचारीले भने, ‘सञ्चालकलाई २४ घण्टाभित्र विभागमा हाजिर हुन बोलाएका छौं।’

टोलीले दूतावासका कर्मचारी, कम्पनीका प्रतिनिधिलाई छोडिदिएको छ। छापापछि अन्तर्वार्ता रोकिएको छ। म्यानपावरलाई एसजीएस कम्पनीमा ५३ जना कामदारलाई पठाउन मात्रै स्वीकृति दिइएको छ।

कामदारलाई ६० हजार रुपैयाँसम्म तलब दिने भन्दै अन्तर्वार्तामा बोलाइएको थियो।