फलफूल र तरकारी खरिद-बिक्रि ठप्प पारिने - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

फलफूल र तरकारी खरिद-बिक्रि ठप्प पारिने



काठमाडौं– कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा अनुगमनमा अवरोध गरेको आरोपमा केही व्यक्ति पक्राउ गरेको भन्दै व्यवसायीले कारोबार नै ठप्प पार्ने चेतावनी दिएका छन्।

नुगमन टोलीलाई अवरोध गरेको आरोपमा प्रहरीले नेपाल फलफूल तथा सरकारी व्यवसायी महासंघका महासचिव भरत प्रसाद खतिवडालाई साेमबार पक्राउ गरेको थियो।

त्यसकाे म‌गलबारदेखि कारोबार रोक्न देशभर आफू मातहतका व्यवसायीलाई महासंघले सर्कुलर गरेको छ।

खतिवडालाई रिहा नगरे मंगलबारदेखि व्यवसाय ठप्प पार्ने महासंघले चेतावनी दिएको छ। बिज्ञप्ती जारी गर्दै महासंघले अनुगमनका क्रममा सहजता नै गरेको तथा कृषकका तरकारीका २ गाडी बिल नभएको भन्दै नियन्त्रणमा लिएपछि विवाद भएको दाबी गरेको छ।

उद्योग, बाणिज्य तथा आपुर्ती व्यवस्थापन विभागले गरेको अनुगमनका क्रममा व्यवसायीले अवरोध गरेका थिए। पछि मन्त्री मात्रिका यादब नै बजार पुगेका थिए।

कालिमाटीका होलसेल व्यवसायीमाथि चर्काे नाफा लिने गरेको आरोप लाग्दै आएको छ।