चितवनको कालिकामा एमालेको अग्रता, गठबन्धन पछिपछि - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

चितवनको कालिकामा एमालेको अग्रता, गठबन्धन पछिपछि



चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पर्दै नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

कालिका नगरपालिकाको वडा नम्बर-१ को २०० मत गणना गर्दा एमालेको अग्रता लिएको हो ।

कालिकाको मेयर पदमा एमालेका बिनोद रेग्मीले ८१ मत प्राप्त गरेका छन् भने गठबन्धनको नेपाली काँग्रेसका शिवराम केसीले ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयर पदमा एमालेकी बिमला लामाले ८१ र नेकपा माओवादी केन्द्रकी सविता लामाले ७२ मत प्राप्त गरेकी छन ।
त्यस्तै वडा नम्बर-१ को अध्यक्ष पदमा नेपाली काँग्रेसका सन्तवीर स्याङ्तानले ९४ र एमालेका बुद्धि बोम्जनले ८१ मत प्राप्त गरेका छन ।