कालिखोलाको पुल भासिदा नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमनमा अवरोध - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

कालिखोलाको पुल भासिदा नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमनमा अवरोध



चितवन: राजधानी काठमाडौं जोड्ने लाइफलाइन नारायणगढ–मुग्लिन सडकमा फेरि सवारी आवागमनमा अवरोध सिर्जना भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोलामा पुल भासिएपछि सवारी आवागमनमा अवरोध सिर्जना भएको हो। अत्याधिक भारका कारण पुल भासिएकाले सवारी आवागमनमा समस्या परेको जिल्ला टाफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए।

पुल भासिएपछि झण्डै दुई घण्टादेखि अवरुद्ध बनेको सडकमा अहिले एकतर्फी मात्रै गाडी पास गरिएको छ।

कालीखोला सडकखण्डकै सबैभन्दा धेरै दुर्घटना हुने ठाउँ हो । प्रहरीका अनुसार पुलको दायाँ बायाँ नै खोला भएको र सडक पनि साँघुरो भएकाले यो क्षेत्रलाई जोखिम युक्त क्षेत्रमा राखिँदै आएको छ।

यो सँगैँ सडक आयोजनामा पर्ने थप १० ठाउँका पुलहरु जोखिममा राखिएको आयोजनाले जनाएको छ।

फाइल तस्बिर