प्रेम बानियाँ र रामप्रसाद खनाल लगायतले कालापानी रक्षाका लागि राष्ट्रसंघ अगाडी गरे प्रदर्शन - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रेम बानियाँ र रामप्रसाद खनाल लगायतले कालापानी रक्षाका लागि राष्ट्रसंघ अगाडी गरे प्रदर्शन



काठमाडौं- भारतले कब्जा गरेको कालापानीको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडी प्रदर्शन गरिएको छ ।

अमेरिकामा रहेका नेपालीले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रको अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने माग गर्दै संयुक्त राष्ट्रसंघ भवनअगाडि प्रदर्शन गरेका हुन् ।

कार्यक्रम गायक रामप्रसाद खनाल र सीमाविद् बुद्धिनारायण श्रेष्ठको अगुवाईमा गरिएको बुझिएको छ ।

देश तथा विदेशमा भएका नेपालीहरूले भारतले गरेको अतिक्रमण बिरुद्ध प्रदर्शन गर्दै आइरहेका छन् । यसै क्रममा अमेरिकामा भएका नेपालीहरूले पनि प्रदर्शन गरेका हुन् ।

कार्यक्रम न्युयोर्कस्थित राल्फ बन्च पार्कमा भएको थियो । कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, लोकदोहोरी गायक रामप्रसाद खनाल, पत्रकार प्रेम बानियालगायतको सहभागिता थियो ।

सीमाविद् श्रेष्ठले भारतले हालै प्रकाशित गरेको नक्सा संशोधन गर्न लगाउनुपर्ने र नेपालले लिम्पियाधुरासम्मको नक्सा अविलम्ब प्रकाशित गर्नुपर्ने माग गरेका थिए ।

सो अवसरमा संयुक्त राष्ट्रसंघका महासचिवका प्रतिनिधि डेभिड हन्टरलाई यसका लागि राष्ट्रसंघले पहल गर्न भन्दै भनेर पत्र पनि हस्तान्तरण गरिएको बताइएको छ ।

नेपालीहरू जहाँ भएपनि नेपाल र नेपाली भूमिको रक्षा गर्न छाहंछां भन्ने यो एउटा राम्रो उदाहरण हो ।