कलंकीको बाटो अब पाँच महिनामा सम्पन्न हुने - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

कलंकीको बाटो अब पाँच महिनामा सम्पन्न हुने



उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ ।

 

चीन सरकारको सहयोगमा कलंकी चोकस्थित निर्माणाधीन ‘अन्डरपास वे’को निर्माण कार्य आउँदो मार्चसम्ममा पूरा हुने निश्चित भएपछि यात्रुले यो सुविधा उपभोग गर्न पाउने भएका हुन् । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार निर्माणाधीन ‘अन्डरपास वे’ को सम्पूर्ण कार्य अबको पाँच महिनाभित्र सकिनेछ ।

आयोजनाका प्रमुख ज्ञानेन्द्रकुमार झाले ‘अन्डरपास वे’को निर्माण कार्य द्रुत गतिमा अघि बढेको बताए । उनले भने, ‘कलंकी चोकस्थित ‘अन्डरपास वे’ दु्रत गतिमा निर्माण हुँदैछ । मार्च सम्ममा सवै काम सक्ने गरि काम हुँदैछ । पो पास वे बनेपछि कलंकी चोकमा हुने घण्टौंको सवारी जाम शुन्यमा झर्नेछ । यात्रुले बिना झण्जट यात्रा गर्न सक्नेछन् ।’

आयोजनाका अनुासर ‘अण्डरपास वे’को निर्माण कार्य १० महिना अघिबाट सुरु गरिएको हो । यस अवधिमा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सम्पन्न गरिसकेको छ । बाँकी ६० प्रतिशत काम भने अवको पाँच महिनाभित्र सम्पन्न हुनेछ ।

आयोजना प्रमुख झाले भने,‘गएको १० महिनामा ठेकेदार कम्पनीले ४० प्रतिशत काम सकेको छ । यो अति जटिल काम हो । किनकी यस अवधिमा ‘अण्डरपास वे’को ‘वेसमेन्ट’ राख्ने काम भयो । बाँकी रहेको ६० प्रतिशत काम निक्कै सजिलो छ । यो अवको पाँच महिना भित्रै सकिनेछ ।’

निर्माण अवधिको १० महिनामा ठेकेदार कम्पनीले ‘अण्डरपास वे’को खसिबजार तर्फ ‘क्लीयर’ गरिसकेको छ । यस तर्फ अव कलोपत्रे गर्न मात्रै बाँकी छ । ‘अण्डरपास वे’को माथिल्लो भाग पनि लगभग निर्माण भइसकेको छ । अव सितापाइला तर्फको भाग मात्रै ‘क्लीयर’ हुन बाँकी छ । नयाँ पत्रिकाबाट