कलमले तेर्स्याको प्रश्न !......... - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कलमले तेर्स्याको प्रश्न !………



ई. डम्बर बहादुर सुनार

कलम पनि सारै बेइमान भईदिदो रहेछ बेला बेलामा, एकान्तमा डुबेको मनलाई आफूतिर आकर्षित गर्दै प्रश्न तेर्साइहाल्यो, आफूलाई खुब राजनीतिक प्राणी ठान्छौ ? नेपाली काँग्रेसको जिम्मेवार सदस्य ठान्छौ ? तिम्रो देशमा तिम्रो पार्टीको भातृ सङ्गठन को अधिवेशनको बेलामा किन उपस्थिति नभएको ? भर्खरै मात्रै अमेरिकामा लोकतान्त्रिक विधिबाट राष्ट्रपति चुनिएको छ अनि तिमी जुन पार्टीमा आबद्द छौ त्यो पार्टी पनि तिम्रो देशको सबभन्दा ठुलो लोकतान्त्रिक पार्टी हो र अहिले तरुण दलको महाधिवेशन मा लोकतान्त्रिक अभ्यास नियाल्न किन नगएको भनेर अनेकन प्रश्नहरूको बाणले मेरो मस्तिष्क्मा थाम्नै नसकिने गरी प्रश्नहरू प्रहार गर्दै गयो । अनि मलाई लागयो कलमले निसाना बनाई प्रहार गरेका प्रश्नहरूको जवाफ दिनु पर्छ ।

अनि सुरु भयो मेरो जवाफ,, तिमीलाई राम्रो सँग थाहा छ त म अहिले राजनीति सँगै विद्यार्थी जीवन पनि यापन गर्दै छु भनेर अनि मेरो परीक्षा पनि त प्रारम्भ हुन आँटेको छ अनि किन मलाई यो प्रश्न सोधेर अनभिज्ञ बन्दै छौ भनेर जवाफ फर्काइ हाले । हो, मलाई राम्रो सँग थाहा छ अहिले तरुण दलको महाधिवेशन नेपालको सबै भन्दा सुन्दर पर्यट्किय स्थल पोखरामा हुँदै छ भनेर ।
तन यहाँ भए पनि सम्पूर्ण रूपमा मन चाँही सुन्दर नगरी पोखराकोमा केन्द्रित भएको छ मेरो यती खेर । सायद म जस्तै महाधिवेशन स्थल भन्दा बाहिर रहेका सबै सम्बन्धित पार्टी सँग आस्था राख्ने वा नेपालको लोकतान्त्रिक अभ्यास प्रति चासो राख्ने जन जनमा यस्तो आभास भएको हुनु पर्छ यती खेर । म त झन् कसरी टाढा र बेखबर हुन सक्छु र यस्तो महान् पर्वबाट । त्यसमा पनि ३ महिना मात्र अगाडी म आफै ने.बि.सङ्घ को निर्वाचनमा प्रमुख मध्यको एउटा पद उपाध्यक्षमा उम्मेदवारी दिएर चुनाव लडेको मान्छे, अनि मेरो मन कसरी अहिले भइरहेको तरुण दल को महधिबेशन बाट टाढा हुनु सक्छ । विज्ञानले प्रमाणित गरेको चुम्बक्का एउटै ध्रुब बिकर्षण हुने तथ्यलाई लाई मेरो सजीव मष्तिष्कले अस्वीकार गर्दै एउटै पार्टीको फरक भातृ सङ्गठन को महधिबेशन तिर मेरो ध्यान सम्पूर्ण रूपमा बिकर्षण होइन आकर्षण गरेको छ ।
मुलुकको सबै भन्दा जेष्ठ सदस्यता ग्रहण गरेको पार्टीको भातृ सङ्गठन नेपाल तरुण दलको महाधिवेशनले अहिले नेपालको सुन्दर नगरी पोखरा तरुण दलमय भएको छ । कार्तिक २७ गते भएको उद्घाटन समारोहको उपस्थिति हेर्दा लाग्दथ्यो कि एक पटक साच्चै फेरी नेपाली काँग्रेस जुर्मुराएको छ। नेपालको युवा जनशक्ति फेरी जुर्मुराएको छ । फेरी नेपालको आमूल परिवर्तनका खातिर केही संखघोष गर्दै छ। उद्घाटन सत्रमा नेपाली काँग्रेसका नेतृत्व र केन्द्रीय समितिका सदस्यहरूले रंगिन मञ्च भने पूर्ण रूपमा ओगटेको दृश्य देख्दा साच्चै भन्नु पर्दा नेपाल तरुण दलको महाधिवेशनको उद्घाटन सत्र भने पूर्ण रूपमा सफल भएको भनेर मूल्याङ्कन जो कोहीले पनि सहज रूपमा गर्न सक्दछन। ७१ जिल्लाका करिब १४ सय प्रतिनिधि सहभागी हुने यो महाधिवेशनले युवामा एउटा नयाँ जोस थपेको छ । काँग्रेसलाई फेरी एउटा अर्को सफलता मिल्दै छ, सगंठन मजबुत बनाउने सन्धर्भमा । २०१० कात्तिक १० गते सिंहध्वज खड्काको अध्यक्षतामा स्थापना भएको नेपाल तरुण दल अहिले ६३ वर्ष सम्म आउँदै गर्दा चौथो महाधिवेशन गर्दै छ ।

नेपाली काँग्रेस सङ्गठनमा कमजोर छ्, सङ्गठनको गतिशीलता सिथिल छ, समयमा अधिवेशन गर्न नसक्ने भन्ने जस्ता कयन आरोप लाग्ने गरेको नेपाली काँग्रेसले यती खेर एक पछि अर्को भातृ संगठनहरुको अधिवेशन सफल बनाउदै गरेको तथ्यले सबै आरोपकर्ता हरुलाई मात खुवाई अवाक बनाइदिएको छ । यसरि एक पछि अर्को गर्दै भातृ संगठको अधिवेशन सफल बनाउनुको मुख्य श्रेय भने अहिले को वर्तमान पार्टीको केन्द्रीय समितिलाई जान्छ । सबै काँग्रेस जनहरुले अहिलेको केन्द्रीय समितिलाई सहृद्य धन्यवाद दिनुपर्ने बेला भएको छ खास गरिकन पार्टी सभापति शेर बहादुर देउवालाई ।
ने.बि.सङ्घ पछि तरुण दललाई नेपाली काँग्रेसको नेता उत्पादन गर्ने कारखानाका रूपमा आम नेपाली जनाताले बुझेको कुरा साँचो हो । सन २०१५ को तथ्याङ्क हेर्ने हो भने नेपालमा ४०.३ % अर्थत १,०६,८९, ८४२ जना युवाहरू रहेका छन् । जसमध्य नेपालको प्रजातान्त्र र लोकतन्त्र को धारातललाई अङिकार गर्दै, कानुनी राज्यमा विश्वास गर्ने र अग्रगामी परिवर्तनको दिशालाई स्वीकार गर्दै नेपाली काँग्रेसको बिचारलाई सम्मान् गर्ने जमात नेपाली युवाहरू ७० % भन्दा माथि रहेको पाइन्छ । त्यसैले तरुण दलको यो महधिबेशनले युवाहरुमा नयाँ उमङ्ग र ऊर्जा थपेको छ ।

महाधिवेशन या सम्मेलन कुनै पनि दलका निम्ति सर्बोतम उत्सव , उमङ्ग, हौसला, पर्व अनि दिशानिर्देश गर्ने मञ्च हो। यो यस्तो उत्सव हो, जुन उत्सवले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्छ। नयाँ नीति या कार्यदिशा यही अधिवेशनबाट पारित गरिन्छ। नेता प्रधान कि नीति प्रधान भन्ने बहसका बिचबाट महाधिवेशन उद्घाटन त भयो तर समापन हुँदै गर्दा यो बहसले उचित निर्णय लिई सफल अवतरण गर्न सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी नै छ।

यो महाधिवेशनले पुरानो तरबारमा धार लगाउछ या यथास्थितिमै त्यही बिचारको अस्त्रलाई निरन्तरता दिन्छ , यो आम युवाहरूको चाँसोको केन्द्र बिन्दुमा रहेको पाइन्छ तरुण दलको महाधिवेशनको प्रसङ्ग। गुट र उपगुटबाट ग्रसित बिधमान काँग्रेस पार्टीको भात सङ्गठनको सफल सल्यक्रिया गर्न सक्ने उचित चिकित्सकको आफूलाई दावा गर्दै तरुण दलका युवा नेताहरू आफूलाई महाधिवेशनको परीक्षामा उतिर्ण बनाउनका खातिर परीक्षामा भाग लिई सकेका छन्।
चुनावी पर्धिस्पर्धाको अभ्यास मार्फत नयाँ नेतृत्व चुनिनु लोकतन्त्रको सुन्दर पक्ष हो, तर त्यस बिचबाट पनि सर्बसम्मत तवरले नेतृत्व चयन हुने कुरा लोकतन्त्रको सर्वाधिक सुन्दर पक्ष हो । सर्बसम्मतीले पार्टी भित्रको तिक्तताको अन्त्य गर्दछ र धेरै विचारहरूको फुलबारीलाई साझा फुलबारीमा रुपान्तरित गर्दै लोकतन्त्रलाई दृढ र एक ढिक्का बनाउँदछ । यसले लोकतान्त्रिक अभ्यासको जगलाई अझ मजबुत बनाउँदछ । त्यसैले चुनावी प्रक्रियाको सबै बिकल्पहरुको उत्तम बिक्लपनै सर्बसम्मतीमा नेतृत्व चयन गर्नु नै हो ।
युवा भनेको राज्य र पार्टीको हरेक परिवर्तन र विकासको निम्ति वर्तमानको साझेदार र भविष्यको कर्णधार हो, त्यसैले यो पङ्तिलाई सही मार्गनिर्देश कसरी गर्ने भन्ने कुरा नेपाली काँग्रेस वर्तमान केन्द्रीय कार्य समितिको दायित्व भित्र पर्दछ । किनभने, आज विश्वको सबै भन्दा ठुलो लोकतन्त्रको ठेकेदार ठान्ने भारत ३५६ मिलियन युवाहरूको दम्भमा त्यस राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको नेता बन्ने होड्बाजिमा छन् । नेपालको जत्रै भौगलिक अवस्था भएको बाङ्ग्लादेश ४८ मिलियन युवा हरुको दम्भमा गार्मेन्ट उत्पादनलाई बढावा दिँदै देशको आर्थिक वृद्धिदर बढाउदै छ । त्यसै गरी ५९ मिलियन युवाहरूको देश पाकिस्तान पनि विश्व को ८ औ स्थानमा सैनिक जनशाक्ती भएको देश भनेर आफ्नो पहिचान लाई मजबुत बनाएको छ । तर हाम्रो मुलुकमा भएको जनशक्ति लाई सही सदुपयोग गर्न नसक्नाले देशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था दिनानुदिन ह्रास हुँदै गएको छ । नेपालसँग भएको जनशक्ति पनि बाहिर पलायन भईदिनाले देशको विकासको गति झन् खस्कदै गएको कुरालाई कसरी सम्बोधन गर्न सकिन्छ, यो महाधिवेशनले तय गर्नु पर्दछ ।

भोलिको काँग्रेस कस्तो बनाउने भन्ने कुरा पार्टीका शीर्ष नेताहरूको महत्त्वपूर्ण निर्णयमा भर पर्दछ । काँग्रेसको सदस्य भएर जनाताको बिचमा जादै गर्दा जनाताबाट सम्मान ग्रहण गर्ने कि अपमान खेप्ने भन्ने कुराको छिनोफानो यो महधिबेशन बाट प्रमाणित गर्नुपर्ने भएको छ । बि. पी. कोइरालाको चिन्तन र ब्याक्तित्वको परिभाषाको ब्याज मात्र खाएर आगामी काँग्रेसलाई डोर्याउने नेतृत्व यो महाधिवेशनले जन्माउने या बि.पिको बिचार राष्ट्रियता, प्रजातन्त्र र समाजवाद को यथार्थ धारातलमा टेक्दै समय संधर्भ बिचार परिमार्जित गर्दै सभ्य समाजको यत्रा लाई सबल र अग्रगामी विकासको मेरुदण्ड तयार गर्ने नेतृत्व जन्मउने, भन्ने मूल प्रश्नको सान्धर्भिक जवाफ यो महधिबेशनले दिनु पर्छ । तरुण दलको सदस्य पार्टीप्रति र देश बिकासप्रती कति जिम्मेवार हुने वा हावादार हुने भन्ने कुराको सही निकास पनि यो महाधिवेशनबाट पार लगाउनु पर्नेछ ।

यो महाधिवेशनले आउँदा महाधिबेशनहरु समयसिमा भित्र सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्ने सक्ने क्षमता भएको नेतृत्व चयन गर्नुपर्ने छ । वैचारिक रूपमा अस्पष्टता, व्यवहारमा उदासिनाता, र परिस्थितिमा असंयता भएको नेतृत्वले सङ्गठनलाई सही दिशा प्रदान गर्ने सक्दैन, फलस्वरुप सङ्गठन धाराशय बन्न पुग्दछ । नेपाली काँग्रेसको भातृ सङ्गठन नै धराशय भयो भने सम्पूर्ण रूपमा काँग्रेस कमजोर हुन्छ, काँग्रेस कमजोर भयो भने लोकतन्त्र जोखिममा हुन्छ र अन्तत मुलुक नै विषम परिस्थिति बाट गुज्रिनु पर्ने हुन्छ ।
त्यसैले तमाम महाधिवेशन प्रतिनिधिहरू सबैले यति बेला आफ्नो सही विवेक प्रयोग गरेर नेतृत्व चयन गर्दै भविष्यमा आफूलाई गर्व गर्ने ठाउँ सुरक्षित राख्ने बेला भएको छ । सम्पूर्ण तरुण हरुका हातहरू एक साथ जोडेर राष्ट्र निर्मणको नयाँ अध्यायमा जुट्नु पर्ने छ । सन २०१५ अप्रिल २५ तारिक मा आएको महाभूकम्पले अस्त व्यस्त र बेहाल भएको हाम्रो मुलुकलाई पुनर्निर्माण गर्दै विकासको नयाँ आयम दिनु पर्ने जिम्मेवर पनि युवाहरूको काँधम आइपुगेको छ । दिनानुदिन भ्रष्टचारले थिचिदै गएको र भ्रष्टचार सुचांकमा विश्वमा १३० औ स्थानमा रहेको हाम्रो मुलुकलाई भ्रष्टचारको दल-दलबाट बाहिर निकाल्नु पर्ने छ । देशमा रहेको संक्रमणकालिन परिस्थितिबाट वितृष्णा भएर देशमोह त्याग्ने हरेक नेपालीको मनलाई नेपाली मन बनाउने जिम्मेवारी पनि युवाहरूको काँधमा आइपुगेको छ । विदेशमा पलायन भएको नेपालको ठुलो जनशाक्ती लाई स्वदेशमा भित्र्याई देश्लाई पुन;विकासको लयमा फर्काउने जिम्मेवारी पनि “घुमिफेरी रुम्झाटार” भनेझै युवा माझ आइपुगेको छ ।

जिम्मेवारीलाई लाई ग्रहण गर्दै दायित्वालाई आत्मासाथ गर्दै, बिग्रेको नेपाललाई सप्रेको नेपाल्, भत्केको नेपालालाई बनेको नेपाल्, बिग्रहको नेपाललाई सङ्र्हको नेपाल्, दु;खिको नेपाललाई सुखीको नेपाल्, र हाम्रो नेपाललाई राम्रो नेपाल बनाउने संकल्प बोकेको तरुणलाई यो महाधिवेशन बाट नेतृत्वमा पुर्‍याउने जिम्मेवारी पनि तमाम युवा प्रतिनिधिहरूको काँधमा आईपुगेको छ ।
युवा हरुलाई कसरी उध्मसिलता बनाउन सकिन्छ भन्ने बहसले यो महाधिवेशनमा प्रवेश पाउनु पर्दछ । किनभने नेपालसँग ४२,२५० वर्ग कि.मि. खेतीयोग्य जमिन छ र यो खेतीयोग्य जमिनलाई सही कृषिजन्य उत्पादन प्रणालीमा ल्याउन सकेउ भने यसको ५०% उत्पादनले हरेक नेपालीहरूलाई राम्रो सँग जीवन यापन गर्न सहज हुन्छ । तर नेपालमा आधुनिक कृषि प्रणालीको सदुपायोग नगर्नाले १ हेक्टर जमिनमा जम्मा ३ मेट्रीक टन उत्पादन हुन्छ तर विकसित मुलुकमा त्यति नै जमिनमा १५ मेट्रीक ट्न उत्पादन हुन्छ । नेपालले बर्सेनि रु. १२७.५१ बिलियन बाराबर को खाद्दान्न समग्री आयात गर्दछ । नेपाल सँग ३६,३६००० हेक्टर जङ्गल र हर्बल हुँदा हुँदै पनि सही प्रसोधन गर्न नसकेर बर्सेनि २४.३७ बिलियन रुपैयाँ बाराबरको औषधी आयत गर्दछ । नेपालसँग अपार जलश्रोत हुँदा हुँदै पनि बिजुली उत्पादन गर्न नसकेर नेपालले बर्सेनि भारतबाट मात्र १० बिलियन रुपैयाँको बिजुली खरिद गर्दछ । जबकि हाम्रो भन्दा सनो राष्ट्र भुटान जसले १५,००० मेघावाट बिजुली उत्पादनको क्षमता राख्दछ उसले भारतलाई बिजुली बेच्दछ तर हाम्रो मुलुक जहाँ ४०,००० मेघावाट भन्दा बढी बिजुली उत्पादनको क्षामता राख्दछ, बिजुली बाहिरा बाट किन्नु पर्ने विडम्बना हामी सामु छ । दिनानु दिन पर निर्भाताको मापन बढिराखेको छ । समस्या माथि समस्या थुप्री राखेको छ, हाम्रो मुलुकमा । यी सबै कुरा हरुमा प्रत्यक्ष सरोकार युवाहरूको हुने भएको हुनाले कम्तीमा पनि विवेक प्रयोग गर्ने सन्धर्भमा कन्जुसाई नगरी नेतृत्व चयन गर्नहुन सबै महाधिवेशन प्रतिनिधि तरुण हरुमा सबैको आशा रहेको छ यती खेर ।

यिनै विचारहरूको बोध यती बेला सबै महाधिवेशन प्रतिनिधिहरू, पार्टीका नेता अनि यो महाधिवेशन सफलताको कामना गर्ने हरेक काँग्रेस जनहरुमा ज्ञात रहोस् भन्ने अभिप्रायले होला सायद कलमले मेरो ध्यानलाई केही समयको लागी बन्धक बनाएर नेपाल तरुण दलको महाधिवेशन को विषयमा कोर्न बाध्य बनायो ।

अन्त्यमा, गाईले पराल खान्छ र दूध दिन्छ, तर सर्पले त्यही अमृत समान दूध खान्छ र विष दिन्छ । त्यसैले माता समान गाई चुन्ने कि आफूलाई डस्ने सर्प चुन्ने, निर्णय गर्ने जिम्मा महाधिवेशन स्थलमा रहनु भएका सम्पूर्ण महधिबेशन प्रतीनिधिहरुमा ।

जय नेपाल !!
ई. डम्बर बहादुर सुनार
(ने. बि. सङ्घका नेता )