शिव हमालकी 'महारानी' शीतल शर्मा की कला लम्साल ?(भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

शिव हमालकी ‘महारानी’ शीतल शर्मा की कला लम्साल ?(भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली महिलाहरुको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली  साङ्गीतिक बजारमा नयाँ नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन् । यहिक्रममा उद्धघोषिका तथा गायिका शीतल शर्माले पनि हिजो मात्रै “ महारानी ” बोलको तीज गीतको भिडियो सार्वजनिक गरेकी छन् ।

गीतमा शीतलसँगै कला लम्साल र शिव हमालको स्वर रहेको छ। सार्वजनिक गरिएको गीतको भिडियोमा  हाँस्य कलाकार राजु पौडेल (राजु मास्टर) सँगै गायिका शीतल र कलाको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा घर परिवार भित्र यथार्थ कथालाई गीतमा देखाउन खोजिएको छ ।

दुर्गा पौडेलको छायाङ्कन तथा निर्देशन रहेको म्युजिक भिडियो गायिका शीतलकै अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ।