नारायणकाजीद्वारा सरकारको रक्षा गर्न कार्यकर्तालाई आह्वान - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

नारायणकाजीद्वारा सरकारको रक्षा गर्न कार्यकर्तालाई आह्वान



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताएका छन्।

गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा उनले सरकारमा बस्नेले विकास निर्माणका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने र सरकार बाहिर रहेका नेता कार्यकर्ताले सरकारको कामलाई जनतासम्म पुर्‍याउन प्रतिबद्ध भएर लाग्नुपर्ने बताए।

सरकारको नेतृत्वमा पुगेर पार्टी परिचालन गर्ने काम प्रभावकारी हुन नसके जनतासँगको सम्बन्ध टुट्न सक्ने भन्दै उहाँले सरकार, पाटी र जनतालाई सँगसँगै जोडर अघि बढ्नुपर्नेमा जोड दिए। ‘पार्टीले आवश्यकताअनुसार कार्ययोजना बनाएर जनतासँग जोडिरहनुपर्छ’, प्रवक्ता श्रेष्ठले भने, ‘सरकारको तर्फबाट के आयो त्यसको रक्षा गर्ने, प्रचारप्रसार गर्ने र भ्रष्टाचार हुन नदिने काम आम कार्यकर्ताको पनि होे।’

विकास निर्माणका काममा सरकारसँग मागपत्र बुझाउने, योजना निर्माण गरी तल्लो तहसम्म पु¥याउने काममा पनि पार्टीका सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा उनले जोड दिए। संंघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पठाएको बजेट सही ठाउँमा खर्च भएको छ कि छैन त्यसको अनुगमन गरी सचेत गराउने कार्य सबै नागरिकको कर्तव्य हुने उनको भनाई छ।

नेपाली जनताको भाग्य र भविश्य निर्माण गर्ने काम वर्तमान सरकारले मात्र पूरा गर्न सक्ने बताउँदै उनले अहिले गरेर देखाउनसके कम्युनिष्टले मात्रै साच्चै विकास गर्नसक्ने रहेछन् भन्ने प्रमाणित हुने उल्लेख गरे। अहिले सरकारले बढी नै मेहनत गर्नु आवश्यक छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अनि मात्र सामाजिक न्यायसहितको समाजवादको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ।’ रासस