कैलालीमा २० वर्षिया युवतीद्बारा आत्महत्या
विशाल पाण्डेय / सुखड ,कैलाली ।
कैलालीमा एक २० वर्षिया युवतीले आत्महत्या गरेकी छिन् ।
घोडाघोडी नगरपालीका – ९ रतीपुरका लाहुराम चौधरीको २० वर्षिया छोरी अस्मीता चौधरीले आइतबार राती
आफ्नै कोठाको घर धुरीमा दोपट्टाले पासो लगाएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
रातको समयमा घर परिवार सवै सुतिसकेको अवस्थामा युवतीले आत्महत्या गरको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागी सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ । आत्महत्या किन गरीन भन्ने कारण भन्ने खुल्न सकेको छैन् । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साङ्केतिक तस्वीर :