कैलालीमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको ज्यान गयो - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

कैलालीमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको ज्यान गयो



लिलाजंग शाही /लम्की ,कैलाली ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ८ गप्कामा सर्पको टोकाइबाट ४ वर्षिय बालिकाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका -८ गप्का निवासी रबिन्द्र पुरिको ४ वर्षिय छोरी अनुशा कुमारी पुरिको बिषालु सर्पको टोकाइबाट मृत्यु भएको हो ।

भाद्र ३१ बिहान ३ बजे आमा सङ्गै घर भित्र सुतिरहेको अबस्थामा गराइच नामको विषालु सर्पले डसेको थियो । बालिकाको समयमै भर पर्दो उपचार नपाउदा मृत्यु हुन गएको अनुशा का ठुलो बुवा कमल पुरिले बताउनु भयो ।

सुतिरहेको अवस्थामा ओछ्यानमै सर्पले बालिकाको पिठ्युँमा टोकेको अनुशाको ठूलो बुबा कमल पुरिले बताउनु भयो । उपचारका लागि ,टिकापुर ,बडैपुर ,धनगढीले नसकेपछि नेपालगन्ज रिफर गरिएपनी अनुशालाई बचाउन नसकेको अनुशाको ठूलो बुबा कमल पुरिले बताउनु भयो ।