कैलालीमा धारिलो हतियार प्रहारबाट एकको मृत्यु , तीन घाइते
कैलाली । कैलालीको अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
दुई समूह बिच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुदा गोदावरी नगरपालिका -१ का १९ वर्षिय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खुकुरी प्रहारपछी घाइते भएका भट्टको सेती अञ्चल अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइते गोदावरी नगरपालिका -१ कै सविन कटेल, गणेश राई र राजेश नेपाली रहेका छन् भने उनीहरुको पद्मा अस्पताल अत्तरिया र सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घट्नाको थप अनुसन्धान भइरहेको र हतियार प्रहार गर्नेको खोजी भइरहेको प्रहरीको जनाएको छ । फाइल तस्बिर :