कैलालीमा लागू औषध चरेससहित १ पक्राउ - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

कैलालीमा लागू औषध चरेससहित १ पक्राउ



 कैलाली । कैलाली प्रहरीले शनिबार बिहान लागू औषध चरेससहित १ जनालाई पक्राउ गरेको छ ।

सात नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) बाट खटिएको टोलीले गोदावरी नगरपालिकाको अत्तरीबाट जयपृथ्बी नगरपालिका–८ का पदमबहादुर बोहोरालाई नियन्त्रणमा लिएको हो ।

आरआइटीका प्रमुख केशब जोशीका अनुसार बसपार्क नजिकैको होटेलबाट पक्राउ परेका बोहोराको साथबाट ७ केजी चरेस बरामद भएको छ ।

पक्राउ परेका बोहोरालार्इ प्रहरी कार्यालय, मालाखेतीमा राखिएकाे छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।