कैलालीमा चरेससहित २ जना पक्राउ - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

कैलालीमा चरेससहित २ जना पक्राउ



धनगढी , कैलाली ।

कैलालीको अत्तरियाबाट ३ किलो लागू औषध चरेस सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतको क्षेत्रीय अनुसन्धान समूहको टोलीले अत्तरिया बसपार्कबाट लागू औषध बिक्री गर्ने र किन्नेलाई पक्राउ गरेको हो ।

लागू औषध चरेस बिक्री गर्न लागेका बाजुरा गौमुल गाउँपालिका–३, पाते बस्ने २१ वर्षीय भबिन्द्र धामी र खरिद गर्ने कैलालीको गोदावरी नगरपालिका–२, बस्ने ४८ वर्षीया भीमा थापालाई ३ किलो लागू औषधसहित पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरिक्षक केशव जोशीले जानकारी दिए ।

बरामद चरेस र पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि अत्तरियास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ ।

प्रदेश नं ७ को उपक्षेत्रीय अस्पताल डडेल्धुराले फिजियो थेरापी तथा अत्याधुनिक ल्याब सेवा बिस्तार गरेसँगै बिरामीलाई सहज भएको छ ।