कैलालीको सुखड बजारमा ढल निकास नहुँदा बजार दुर्गन्धित बन्दै - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

कैलालीको सुखड बजारमा ढल निकास नहुँदा बजार दुर्गन्धित बन्दै



इन्दु के सि / सुखड ,कैलाली ।। 

कैलालीको घोडाघोडि नगरपालिका -१ सुखड बजारमा ढल निकासको ब्यवस्था नहुँदा बजार दुर्गन्धित बन्दै गएको छ ।

नगरपालिकाको मुटुमा रहेको सुखड बजारका भित्री गल्लिहरुमा ढल निकास नहुँदा स्थानियले सास्ती झेलिरहेका छन । घरहरुबाट निस्किएको ढल सङ्गै सौचालयको फोहोर पानी पनि निकास नहुँदा बजार दुर्गन्धित बन्दै गएको छ ।

ढल निकासको ब्यवस्था नहुदा स्थानियको स्वास्थ्यमा पनि प्रतिकुल असर परिरहेको बाल कृष्ण मेडिकलका सन्चालक बाल कृष्ण रिजाल ले बताए ।”जतात्यतै फोहोर र दुर्गन्धित छ , नगरपालिकाको मुख्य केन्द्र बिन्दु सुखड बजार त्यै पनि रामसार सुचिमा सुचिकृत क्षेत्रको बजार ब्यवस्थित छैन , ढल निकासलाइ मुख्य रुपमा लिइ उचित निकास चाडै गर्नुपर्ने रिजालले बताए ।

स्थानिय निखिल रन्जन दाम भन्छ्न, “ढल निकासको ब्यवस्था नहुदा धेरै समस्या छ । अहिले भन्दा पनि बर्खाको समयमा झनै समस्या हुने गर्छ । त्यसैले बर्षात सुरु हुनु पुर्ब नै ढल निकासको समस्या समाधान गर्नुपर्छ । उनी भन्छ्न , “मानव जिवनमा पानी नभइ नहुने चिज हो ,प्रयोग नगरी पनि हुदैन एक अर्कालाइ गाली गर्नु भन्दा पनि ढल निकासको समस्या समाधान गर्न हामी स्थानियले पनि आ – आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ “।

त्यस्तै अर्का स्थानिय व्यापारी डम्मर सिङ ठकुरी भन्छ्न,” प्रतिनिधिले मत मागेर गएका थिए, धेरै आस्वासन दिए तर बिकासको काम गर्न भने ढिला गरिरहेका छ्न । ” नगरपालिकाले ढल निकासका लागि मापदन्ड नपुगेको भन्ने अनि राजस्व लिनका लागि मापदन्ड भने नचाहिने” ठकुरीले बताए ।

अर्का स्थानिय व्यापारी रामप्रसाद सिवाकोटीले खानेपानीले धारा जोडिदिएको छ, निकासको लागि ठाउँ छैन, राम्रो सङ पानी प्रयोग गर्न पनि पाइएको छैन ,पानी सिधै बाटोमै जान्छ , स्थानियले गाली गर्छन पानी प्रयोग नगरी हुदैन प्रयोग गर्दा निकासा छैन गाली पाइन्छ । यसलाइ छिट्टै ब्यवस्थित गर्नुपर्ने बताए ।
स्थानिय व्यापारी मन्दिर प्रसाद उपाध्याय भन्छ्न मुख्य समस्याको रुपमा ढल निकास छ ,ढल गन्हाएर सारै समस्या छ छिट्टै समस्या समाधान गर्नुपर्छ । एक होटल सन्चालक उपेन्द्र तामाङ भन्छ्न,” नगरपालिकाले छिट्टै निकास गर्नुपर्छ , नगरपालिका र स्थानिय सबै मिलेर छिट्टै ढल निकासा गर्नुपर्छ । उनी भन्छ्न पाइप राखेर हुन्छ कि कसरी हुन्छ ढल निकासको ब्यवस्था गरिदिनु पर्यो ।

यता घोडाघोडि नगरपालिका प्रमुख ममता प्रसाद चौधरिले माप दन्ड बिपरित घर हरु निर्माण भएकाले ढल निकासका लागि समस्या भएको बताए । चौधरीका अनुसार ,” बजारमा मापदण्ड बिपरित घर छ्न ,तर पनि हामी ढल निकासको समस्या छिट्टै समाधान गर्ने बताए ।

घोडाघोडि नगरपालिका- १ का वडा अध्यक्ष मनराज शाहिले बस्ती ब्यवस्थित नभएका कारण समस्या उत्पन्न भएको बताए । शाहिले हामी ढल निकासको समस्या जति सक्दो चाडो समाधान गर्ने तर्फ लाग्ने बताए ।

ढल निकासका लागि पहल नभएको होइन केही बर्ष पहिले घोडाघोडी ढल निकास उपभोक्ता समिती पनि गठन गरिएको थियो । तर उक्त समितिले काम भने गर्न सकेन । अहिले पुन पुरानो सुखड बजार ढल निकास समिती गठन गरिएको छ ।

१ महिना अगाडि मनराज उपाध्यायको अध्यक्षतामा समिती गठन भएको छ । अब छिट्टै सुखड बजारमा रहेको ढल निकासको समस्या समाधान हुने पुरानो सुखड बजार ढल निकास समितिका सचिब नारायण वलि बताए । स्थानियको ३० प्रतिसत लागत र नगरपालिकाको ७० प्रतिसत लागतमा नाली र ग्राबिलका लागि २ साता भित्रमा काम सुरु गरिने वलिको भनाइ छ । नगरपालिकामा माग फारम पठाइसकेका छौ अब नगरपालिकाले स्वीकृत गर्ने बितिक्कै काम सुरु गर्ने सचीव वलीले बताए ।

तस्बिर :विशाल पाण्डेय/हिमाल पोस्ट