कैलालीको लम्कीमा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १६ पुष २०८१, मंगलवार
  •      Tue Dec 31 2024
Logo

कैलालीको लम्कीमा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न



रंग तिमिल्सिना / लम्की ।
सेवक नेपाल कैलालीको आयोजना तथा गुडनेवर्स इन्टरनेशनल नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा आइतबार लम्कीमा सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गुडनेवर्स इन्टरनेशनल नेपालको सहयोगमा सेवक नेपालद्वारा संचालित कैलाली सामुदायिक विकास परियोजनाले सन् २०१८ मा सम्पन्न गरेका विभिन्न गतिविधि र लागत खर्चका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको सेवक नेपाल कैलालीका लघुउद्यम विकास अधिकृत दुर्गाप्रसाद ढुंगानाले जानकारी दिनु भएको छ ।

कार्यक्रममा परियोजनाले सन् २०१८ मा लम्कीचुहा र टीकापुर नगरपालिका तथा जानकी र बर्दगोरिया गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ , आयआर्जन, वातावरण, आपतकालीन सहयोग र समुदायको साझेदारीमा संचालित गतिविधि संचालनका लागि २ करोड २४ लाख २ हजार ८ सय ३२ प्रस्तावित गरिएकोमा २ करोड ५६ लाख ५३ हजार ३ सय ३३ बराबर बजेट कार्यान्वन भएको जानकारी गराइएको थियो । कार्यक्रममा ७५ जनाको सहभागिता रहेको बताइएको छ ।

लम्कीचुहा नगरपालिकाका प्रमुखका सचिवालय प्रमुख विष्णु खनालले सहजीकरण गर्नुभएको कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर-३ का अध्यक्ष भक्तबहादुर चलाउने, बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ क अध्यक्ष पूर्णसिंह बीसी, गुडनेवर्स इन्टरनेशनल नेपाल कैलालीका संयोजक देबेन्द्र भण्डारी लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सेवक नेपाल कैलालीका शिक्षा विकास अधिकृत प्रेम चौधरीले गर्नु भएको थियो ।