कैलालीमा बाबुछोराद्वारा छिमेकीमाथि चक्कु प्रहार - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कैलालीमा बाबुछोराद्वारा छिमेकीमाथि चक्कु प्रहार



कैलाली । कैलालीको गौरीगंगा नगरपालिका ७ मनकापुरमा नर बहादुर बि.क र उनका छोरा रमेश बि.क.ले छिमेकीलाई चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट स्थानीय मान बहादुर समैमगर गम्भीर घाइते भएका छन् ।

मगरको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । उनको मसुरीयामा उपचार सम्भव नभए पछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ ।
चक्कु प्रहार गर्ने दुवै बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलवार साउने सक्रान्ती मनाउने क्रममा भएको विवादको दुवै बाबुछोराले बुधवार समैमगरमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।