कोरोना जित्ने कैलालीका युवालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गरेका हुन् । उनले उपचारमा सम्लग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा हार्दिक धन्यवाद पनि दिएका छन् ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लक्कीचुहा नगरपालिकाका युवक राज विक आइतबार साँझ घर फर्केका थिए ।

