कैलालीमा ४० वर्षिय पुरुष मृत फेला, हत्याको आशंका

विशाल पाण्डेय/कैलाली
कैलालीमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेका हुन् ।
गौरीगंगा नगरपालिका- ९ बस्ने ४० बर्याीय भुसाल पहलवानपुरबाट एक किलोमिटर पश्चिम मृत फेला परेका ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
मृतक आँखा, मुख र घुडामा चोटपटक देखिएको र शव अहिले पनि घटनास्थलमै रहेको ईलाका प्रहरी कार्यालय सुखड प्रहरी प्रमुख हरि शरण भट्टले जानकारी दिए ।

बिहीबार राती करिब १० बजेतिर साईकलमा पहलवानपुरबाट घर तर्फ गईरहेको स्थानीयले बताएका छन् । शरिरका धेरै ठाउँमा चोट पटक देखिएको हुँदा हत्या नै भएको हुनसक्ने स्थानीयहरुले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख भट्टले जानकारी दिए ।

