कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, दुई घाईते
कैलाली ।। कैलालीको बर्दगोरिया गाउँपालिका २ कुम्भियामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
बर्दगोरिया २ दोघरा निवासी १६ वर्षिया पुनम कठरीयाको मृत्यु भएको हो । बुधबार कुम्भियामा माटो लिन गएका एकै घरका तिन जना माटोले पुरिएका हुन । माटोमा पुरिएकालाई प्रहरीले उद्दार गरि अस्पताल ल्याउने क्रममा पुनमको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । मृतक कठरीया बसन्त मुुरारी कक्षा ११ मा अध्यनरत थिईन ।
प्रहरीका अनुसार घाईते हुनेमा २६ वर्षिया सविता कठरीया र २५ वर्षिया मञ्जु कठरीया रहेका छन् । घाईतेलाई बर्दगोरीया अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज अस्पताल रिफर गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सागर बोहोराले जानकारी दिए । मृतक कठरीयालाई पोष्र्टमाटमका लागी टीकापुर अस्पताल रिफर गरिएको छ ।फाइल तस्बिर :