कैलालीमा बस दुर्घटना हुँदा दुईको मृत्यु , छ घाईते - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलालीमा बस दुर्घटना हुँदा दुईको मृत्यु , छ घाईते



विशाल पाण्डेय / कैलाली ।

कैलालीमा शुक्रबार साझ यात्रु बाहक बस दुर्घटना भएको छ ।

पुर्व पश्चिम् राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका वडा नम्बर १ बल्चौर नजिकै चिसापानीदेखि महेन्द्रनगरतर्फ जादै गरेको से.१ ख. ११८८ नं. को यात्रु बाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका १ बस्ने
१२ वर्षिय साईकल यात्री अनिल वादी र कञ्चनपुरको पुनर्वास नगरपालिका ३ आईबिआरडीका ३५  वर्षिय परचुङ गुरुङ्ग (पिटर) रहेको प्रहरीले जनाएको छ । बसले साइकल यात्री वादीलाई बचाउन खोज्दा बस अनियन्त्रीत भइ उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

मृतकलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ भने सामान्य घाईते चार जना अमन तामाङ, किरण बोहरा, शिव खडका र राम बहादुर चन्दको लम्कीस्थित लालरत्नमा उपचार भइरहेको र दुई जना सिकिस्त घाइते ज्ञानु जोशी र विक्रम बोहरालाई नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।