कैलालीमा अवैध मेडिकल सञ्चालन गरि प्रतिवन्धित औषधी बिक्रि गर्ने भारतीय नागरिक पक्राउ - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

कैलालीमा अवैध मेडिकल सञ्चालन गरि प्रतिवन्धित औषधी बिक्रि गर्ने भारतीय नागरिक पक्राउ



कैलाली ।। कैलाली जिल्लाको लम्की चुहा नगरपालिका- ९ खमरियामा अवैध रुपमा मेडिकल पसल सञ्चालन गरी प्रतिवन्धित औषधीको विक्री वितरण गर्दै आएका एक जना भारतीय नागरिक पक्राउ परेका छन ।

लम्कीचुहा नगरपालीका वडा नम्वर ९ खमरियामा मेडिकल पसल राखेर लागु औषधको रुपमा प्रयोग हुने औषधी विक्री वितरण गर्दै आएका भारतको लखीमपुर जिल्लाको तिकुनियाका ३४ वर्षीय छत्रपाल पक्राउ परेका हुन् ।

 

मेडिकल सञ्चालनको नाममा अवैध लागु औषध विक्री वितरण हुने गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मेडीकल पसलमा खान तलासी गर्दा लागु औषधको रुपमा प्रयोग गरिने प्रतिबन्धित ट्रमाडोल, डिसाईक्लोमाईन, एभिल, सेटिराजिन लगायतका अवैध औषधी ३ वोरा वरामद गरेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।फाइल तस्बिर ;-