कैलालीमा ५१ वर्षिया पुरुषद्बारा आत्महत्या
विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीमा एक पुरुषले रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
जिलाको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालीका- १ डोडा शिवीरका ५१ वर्षीया सरादु थारुले आफ्नै घर पछाडी रहेको आपको रुखमा झुन्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए ।
जोशीका अनुसार , ‘अत्याधिक मदिरा सेवन गरि मंगलवार रातको समयमा आफ्नै घर पछाडीको आपको रुखमा आत्महत्या गरेका हुन् । उनले भने , ‘शव पोष्टमार्टमको लागी सेती अञ्चल अस्पताल धनगढी लगीएको र घटनावारे थप अनुसन्धान भइरहेको छ ।’
अहिले घोडाघोडी नगरपालिकामा आत्महत्याको घटना बढिरहेको छ । यस अघिपनी कार्तिक १२ गते घोडाघोडी नगरपालीका – ९ रतीपरकि २० वर्षिया अस्मीता चौधरीले आइतबार राती आफ्नै कोठाको घर धुरीमा दोपट्टाले पासो लगाएर आत्महत्या गरेकी थिइन् ।
त्यस्तै कार्तिक ८ गते नै घोडाघोडी नगरपालिका -७ जुरपानी खोलाको छेउमा रहेको जामुनको रुखमा झुन्डिएको अवस्थामा घोडाघोडी नगरपालिका वडा नं ३ निम्दीका ३४ वर्षिया चन्द्र बहादुर डगौराले पनि आत्महत्या गरेका थिए । साङ्केतिक तस्बिर :