कैलालीमा पेस्तोल सहित तीनजना पक्राउ - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

कैलालीमा पेस्तोल सहित तीनजना पक्राउ



कैलाली-

कैलालीमा कटुवा पेस्तोल सहित तिन जना पक्राउ परेका छन् । क्षेत्रिय अनुसन्धान समुह (आर.आइ.टी) बाट प्रहरी नायब निरीक्षक केशब जोशीको कमाण्डमा खटिएको टोलीले नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोली सहीत उनिहरुलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका- १२ बस्ने २१ बर्षिय अबिनाश थापा, सोही ठाउँका २० बर्षिय नब्बुु भनीने नबराज रसाइली र २५ बर्षिय बिनोद कुवरलाई पेस्तोल सहित पक्राउ गरीएकोे सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले जानकारी दिए ।

धनगढी उपमहानरपालीका- ७ जाखोरतालको जंगल क्षेत्रबाट केही ब्यक्तिहरु संग हात हतियार छ भन्ने गोप्य सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको सुवेदीले जानकारी दिए । हतियार कहाँबाट ल्याइएको हो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।